aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ असोज २०७७
थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा २२५३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २२५३ जना नयाँ संक्रमित थपिएका हुन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ रहेको छ । संक्रमित मध्ये ६४ हजार ६९ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ ।

पछिल्लो २४ घण्टामा १३२९ जना कोरोनामुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस