aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

उपत्यकामा संक्रमित बढेका बढ्यै, आज पनि १५९९ जना थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ असोज २०७७
उपत्यकामा संक्रमित बढेका बढ्यै, आज पनि १५९९ जना थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप १५९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५९९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । 

आज थपिएका नयाँ संक्रमित काठमाडौंका १३७३ जना, ललितपुरका १८७ जना र भक्तपुरका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ रहेको छ । संक्रमित मध्ये ६४ हजार ६९ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ ।

पछिल्लो २४ घण्टामा १३२९ जना कोरोनामुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस