
काठमाडौं । कोरोना भाइरसका कारण ५ दिने बालिकासहित ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।
मृत्यु हुनेमा चितवनकी ५५ वर्षीय महिला, काठमाडौंका ५५ वर्षीय पुरुष, ललितपुरका ७७ वर्षीय पुरुष, मकवानपुरकी ५ दिने बालिका, बाँकेकी २५ वर्षीया महिला र ६० वर्षीय पुरुष र कञ्चनपुरका २९ वर्षीया महिला रहेका छन् ।
योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस