
काठमाडौं । कोरोना भाइरसका कारण थप ३ जनाको मृत्यु भएको छ । मृत्युमा हुनेमा काठमाडौं सिनामंगल घर भएका ७७ वर्षीय पुरुष, बनेपा–१३ घर भएका ४६ वर्षीय पुरुष र दैलेख नारायण नगरपालिका वडा नं ८ का ५१ वर्षीय पुरुष रहेका छन् ।
बनेपाका संक्रमित पुरुषको अआज दिउँसो साढे १२ बजे मृत्यु भएको हो । स्वासप्रश्वासमा समस्या भएपछि उनी भदौ २८ गते अस्पताल भर्ना भएका उनी भेन्टिलेटरमा थिए ।
त्यस्तै, काठमाडौं सिनामंगलका पुरुषको आइतबार बिहान पौने ६ बजे मृत्यु भएको हो । उच्च रक्तचाप र प्रोस्टेटको समस्याका कारण अस्पताल भर्ना भएका उनलाई १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरि, बाँकेका पुरुषको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा आज साढे १ बजे मृत्यु भएको हो । आन्द्रा फुटेर कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा भर्ना भई उपचार गराइरहेका उनलाई कोरोना सङ्क्रमण देखिएपछि आजै कोहलपुर शिक्षण अस्पताल रिफर गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस