
धरान । कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिकामा १५ का ५५ वर्षीय पुरुष रहेका छन् ।
उनको आज बिहान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । प्रतिष्ठानमा उपचाररत संक्रमितमा मिर्गौलासम्बन्धी समस्या र उच्च रक्तचाप रहेको थियो। कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा १६ गते संक्रमण पुष्टि भइ सोही दिन कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो ।
योसँगै प्रतिष्ठानमा ज्यान गुमाउने संक्रमितको संख्या ४० पुगेको छ।
प्रतिक्रिया दिनुहोस