
एजेन्सी । दक्षिण भारतीय तथा बलिउड अभिनेत्री तमन्ना भाटियालाई कोभिड १९ संक्रमण भएको छ। पछिल्ला दिनहरुमा लक्षण देखिएपछि हैदरावादको एक निजी अस्पतालमा परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो। उनी केही दिनदेखि वेब सिरिजका लागि हैदरावादमा थिइन्।
संक्रमण पुष्टि भएपछि कलाकारहरु तथा फ्यानले तमन्नाको स्वास्थ्यलाभको कामना गरेका छन्। यसअघि अगस्टमा तमन्नाका आमा र बुवालाई पनि संक्रमण भएको थियो।
प्रतिक्रिया दिनुहोस