aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

प्रधानमन्त्री ओलीका सञ्चार विज्ञलाई कोरोना पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ असोज २०७७
प्रधानमन्त्री ओलीका सञ्चार विज्ञलाई कोरोना पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चार विज्ञ रामशरण बजगाईलाई कोरोना संक्रमण भएको छ । गत विहीबार पीसीआर टेष्टका लागि स्वाब संकलन गरिएको बजगाईको आइतबार कोरोना पोजेटिभ रिपोर्ट आएको हो । 

सामाजिक सञ्जाल ट्विटरमार्फत बजगाईले आफूलाई कोरोना पुष्टि भएको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । ट्वीटरमा उनले लेखेका छन्, “पछिल्लो पटक गरिएको पीसीआर परीक्षणबाट ममा कोरोना पोजेटिभ देखिएको छ, सम्पर्कमा रहनुभएका मित्रहरुलाई पीसीआर परीक्षण गर्न अनुरोध गर्दछुँ । हाल मेरो स्वास्थ्य अवस्था ठीक छ ।” आफ्नो सम्पर्कमा आएकालाई स्वाव परिक्षण गराउन पनि उनले आग्रह गरेका छन् ।

यसअघि १७ असोजमा प्रधानमन्त्रीका परराष्ट्र सल्लहाकार राजन भट्टराई, प्रेस सल्लाहाकार सूर्य थापा, प्रमुख राजनीति सल्लहाकार विष्णु रिमाल र स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना पोजेटिभ देखिएको थियो । हालसम्म बालुवाटारमा करिब ८० जनालाई कोरोना पुष्टि भएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस