aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कोरोनामुक्त भए महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ असोज २०७७
कोरोनामुक्त भए महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठ

ललितपुर । महालक्ष्मी नगरपालिका मेयर रामेश्वर श्रेष्ठ कोराना संक्रमणमुक्त भएका छन् । उनले सामाजिक सञ्जालमार्फत् आफू २२ दिनपछि कोरोनामुक्त भएको जानकारी दिएका हुन् । 

पछिल्लो पटक गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि सोमबार उनी संक्रमणमुक्त भएका हुन् । उनकी श्रीमती अन्जिका श्रेष्ठ गएको शुक्रबार १९ औं दिनमा कोरोना संक्रमणमुक्त भएकी थिइन् ।

कोरोना भएपछिको जटिल स्वास्थ्यकाबीच निरन्तर उपचार, निगरानी र हेरचाह गर्ने डाक्टरहरुलाई मेयर श्रेष्ठले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस