aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

थप २४४० जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ असोज २०७७
थप २४४० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा २४४० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २४४० जना नयाँ संक्रमित थपिएका हुन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ८९ हजार २६३ रहेको छ । संक्रमित मध्ये ६५ हजार २०२ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ ।  

पछिल्लो २४ घण्टामा ११३३ जना कोरोनामुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस