aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

उपत्यकामा आज पनि १५३१ जना थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ असोज २०७७
उपत्यकामा आज पनि १५३१ जना थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप १५३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५३१ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । 

आज थपिएका नयाँ संक्रमित काठमाडौंका ११७८ जना, ललितपुरका २५० जना र भक्तपुरका १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।     

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ८९ हजार २६३ रहेको छ । संक्रमित मध्ये ६५ हजार २०२ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ ।      

पछिल्लो २४ घण्टामा ११३३ जना कोरोनामुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ ।   
 

प्रतिक्रिया दिनुहोस