
काठमाडौं । कोरोना भाइरसका कारण थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुनसरीका ५५ वर्षीय पुरुष, काठमाडौंका २६, ६५, ६७, ७८, ८१, ९१ वर्षीय पुरुष, ७६, ८१, ८३ वर्षीया महिला, ललितपुरका ३ वर्षीय बालक, ५५, ७१ वर्षीय पुरुष, सर्लाहिका ४२, ६९ वर्षीय पुरुष, चितवनका ६२ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीया महिला र नवलपरासीपूर्वका ३६ वर्षीय पुरुष रहेका छन् ।
योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस