aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

चितवनमा एक जना कोरोना सङ्क्रमितको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ असोज २०७७
चितवनमा एक जना कोरोना सङ्क्रमितको मृत्यु

चितवन । चितवनमा कोभिड–१९ सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएका भरतपुर महानगरपालिका–३ का ७० वर्षीय पुरुषको आज  बेलुका ७ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

 उपचारका लागि कोभिड आइसियुमा आइपुग्दा ती पुरुष मृतावस्थामा रहेको अस्पतालले जनाएको छ । मृतकका आफन्तका अनुसार ती उनलाई ज्वरो, खोकी र श्वासप्रश्वास, मधुमेह र उच्च रक्तचापको समेत समस्या थियो । ती पुरुष चार दिनअघि कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा बस्दै आइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस