aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कोरोनाका विरामी अहिले देखिएकाभन्दा २० गुण वृद्धि हुनसक्छ : डब्ल्यूएचओ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० असोज २०७७
कोरोनाका विरामी अहिले देखिएकाभन्दा २० गुण वृद्धि हुनसक्छ : डब्ल्यूएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ ) ले सोमबार एक विज्ञप्ति जारी गर्दै संसारमा प्रत्येक १० औं जना व्यक्ति कोरोनाभाइरस संक्रमित हुन सक्ने बताएको छ । यस समयमा विश्वमा कोरोना बिरामीहरुको संख्या कोरोना पोजिटिभ भेटिएकाहरुको कुल संख्याभन्दा २० गुणा बढी हुन डब्ल्यूएचओले जनाएको छ ।

डब्ल्यूएचओले पनि भविष्यमा कोरोनाको अवस्था झनै नराम्रो हुने चेतावनी समेत दिएको छ । डब्ल्यूएचओको आपतकालीन कार्यक्रम प्रमुख डा माइकल रायनले भने, ‘यी तथ्यांकहरू गाउँ–शहरमा फरक फरक हुन सक्छन । विभिन्न उमेर समूहहरूको हुन सक्छन।  तर, यसको स्पष्ट अर्थ हो संसारका अधिकांश जनसंख्या यस जोखिमको आएको छन् ।’

कोरोना संक्रमण सम्बन्धी ३४ सदस्यीय कार्यकारी बोर्डको बैठकमा उनले भने, “महामारीको फैलावट अहिले पनि तिव्र रुपमा भइरहेको छ।’’ जहाँसम्म, संक्रमणबा बच्ने तरिकाहरू पनि उपलब्ध छन् । यसबाट धेरैको मृत्यु हुनबाट रोकिएका पनि छ । 

डा. रायनका अनुसार दक्षिणपूर्व एशियामा कोरोनो भाइरसको कारण स्थिति बिग्रिदै गइरहेकोे छ । मृत्यु दर युरोप र पश्चिमी भू-मध्य समुद्रमा धेरै उच्च पाइएको थियो । जबकि अफ्रिका र पश्चिमी प्रशान्त देशहरूमा अवस्था बढी सकारात्मक थियो। हाम्रो पछिल्लो अनुमानमा विश्वका १० प्रतिशत मानिसहरू कोरोना भाइरसको सिकार भएका छन् । विश्वको लगभग ७६० करोड जनसंख्यामध्ये ७० करोड मानिसहरूलाई कोरोना भाइरस संक्रमित हुन सक्छन । यो संख्या डब्ल्यूएचओ र जोन्स हप्किन्स विश्वविद्यालयले  आँकलन गरेको भन्दा धेरै बढी हुन सक्छ । 

डब्ल्यूएचओ र जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार हालसम्म विश्वका ३.५ करोड मानिसहरू मात्र कोरोना भाइरसको संक्रमणमा परेका छन । कोरोनाको पुष्टि भएका घटनाहरूको संख्या वास्तविक संख्याभन्दा धेरै कम हुन सक्छ। कोरोना भाइरस अझै पनि विश्वका धेरै भागहरूमा देखिरेको डा. रायन बताउछन् । 

तथ्यांक अनुसार विश्वव्यापी रूपमा कोरोनाका ३ करोड ५६ लाख संक्रमितको देखिसकेका छन । यीमध्ये १० लाखभन्दा बढी मानिस मृत्यु भइसकेको छ ।  धेरै जसो केसहरू अमेरिका र भारतमा देखिएका छन् ।  

प्रतिक्रिया दिनुहोस