
काठमाडौं । काठमाडौं उपत्यकामा थप १०१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १०१७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
आज थपिएका नयाँ संक्रमित काठमाडौंका ७८३ जना, ललितपुरका ११८ जना र भक्तपुरका ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ९० हजार ८१४ रहेको छ । संक्रमित मध्ये ६७ हजार ५४२ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ ।
पछिल्लो २४ घण्टामा २३४० जना कोरोनामुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस