
काठमाडौं । कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना भाइरसको संक्रमण भएको छ । आचार्यले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको मंगलबार सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन् ।
सोमबार आचार्य र उनकी श्रीमती रमिला दुवैले कोरोना परीक्षण गराएका थिए । आचार्यले आफूहरु दुवैको स्वास्थ्य अवस्था सामान्य भएको पनि बताएका छन् । उनले आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई होम आइसोलेसनमा बस्न आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाकोपीसीआर परिक्षण गरेका थियौं, हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो, हाम्रो स्वास्थ्य अवस्था सामान्य छ, हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला । यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं, कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं ।’
आचार्यले कोरोना संक्रमण व्यापक रुपमा फैलिएको भन्दै जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्न सबैलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस