aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

जियो र फेसबुकको लगानीमा भारतको सीसीआईले प्रश्न उठायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ असोज २०७७
जियो र फेसबुकको लगानीमा भारतको सीसीआईले प्रश्न उठायो

एजेन्सी । रिलायन्सको जियो प्लेटफार्म र फेसबुक बीचको सम्झौतामा भारतीय प्रतिस्पर्धा आयोग (सीसीआई) ले डाटा शेयरिङ गर्ने सवालमा प्रश्न उठाएको छ । सीसीआईका अनुसार कम्पनीहरूले एक अर्काबाट पाउने डाटाले बजारमा प्रतिस्पर्धी व्यवहार बढाउनेछ । यद्यपि फेसबुकले विश्वास दिलाउँदै त्यहाँ रिलायन्सबाट डाटाको ’सीमित एक्स्चेञ्ज गरिने बताइएको छ ।

फेसबुकले हस्ताक्षर गरिएको प्रारम्भिक सम्झौताको अनुसार जिओ प्लेटफर्म वा फेसबुक भारतले एक अर्काको डाटा लिने छैनन् । यो सम्झौता जियो मार्टमा इकमर्श लेनदेनको सुविधाका लागि मात्र हो । जियोमार्ट रिलायंस जियो प्लेटफार्म लिमिटेडको सहायक कम्पनी हो । 

फेसबुक र जियोबीचको सम्झौतालाई सीसीआईले अनुमोदन गर्यो तर, डाटा शेयरिङकोे बारेमा प्रश्न उठेको थियो । इकोनोमिक टाइम्सका अनुसार फेसबुकसँग सम्बन्धित कम्पनी झाण्डूु होल्ड्सिले यसको जवाफमा भने, “डाटाको प्रयोग सीमित, अनुपातिक र प्रस्तावित वाणिज्य सम्झौताको कार्यान्वयनका लागि मात्र सीमित छ ।’’ 

प्रतिक्रिया दिनुहोस