
काठमाडौं । काठमाडौं उपत्यकामा थप १६८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६८४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
आज थपिएका नयाँ संक्रमित काठमाडौंका १२९६ जना, ललितपुरका २९३ जना र भक्तपुरका ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ९४ हजार २५३ रहेको छ । संक्रमित मध्ये ६८ हजार ६६८ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ ।
पछिल्लो २४ घण्टामा ११२६ जना कोरोनामुक्त भएका छन् भने १५ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस