aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कोरोनाबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ५७८ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ असोज २०७७
कोरोनाबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ५७८ पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । 

मृत्यु हुनेमा मोरङका ४०, ६० वर्षीय पुरुष, काठमाडौंका ४५, ५३, ६४, ६९ वर्षीय पुरुष, ६६, ७२ वर्षीया महिला, ललितपुरका ४६ वर्षीय पुरुष, सिरहाका ५० वर्षीया महिला, रौतहटका ७२ वर्षीया महिला, चितवनका ६१ वर्षीय पुरुष, रुपन्देहीका ५५ वर्षीय पुरुष, नवलपरासीका ७६ वर्षीय पुरुष र दाङका ७१ वर्षीया महिला रहेका छन् । 

योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस