aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

‘अहिले किनमेल गर्नेको भिड हेर्दा मानिसले कोरोना बिर्सिए जस्तो लाग्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ असोज २०७७
‘अहिले किनमेल गर्नेको भिड हेर्दा मानिसले कोरोना बिर्सिए जस्तो लाग्छ’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिले किनमेल गर्नेको भिड हेर्दा मानिसले कोरोना बिर्सिएको जस्तो लागेको बताएका छन् । प्रवक्ता गौतमले अहिले किनमेल गर्नेको भिड हेर्दा मानिसले कोरोना बिर्सिएको जस्तो लागेको भन्दै चाडपर्व खल्लो नबनाउन आफू पनि सङ्क्रमण हुनबाट बच्न र परिवारलाई पनि बचाउन सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने बताएका हुन् ।  

उनले कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढेसँगै बेड अभाव हुन थालेको बताएका छन् । गौतमले अहिले सङ्क्रमितहरुले पायक पर्ने अस्पतालमा शय्या पाउन छाडेको र काठमाण्डौ उपत्यकाको भार अत्यधिक भएको बताए । 

केही दिन यही दरमा सङ्क्रमित बढेमा उपत्यकाको भार थाम्न नसकिने भन्दै उनले स्वास्थ्यका मापदण्ड अपनाउन सबैलाई आग्रह गर्नुभएको छ । कोरोना जनस्वास्थ्यको ठूलो समस्या रहेको भन्दै उनले सबैको पहलबाट मात्र यो संकट टार्न सकिने बताए । 

यस्तै मन्त्रालयले सामान्य ज्वरो तथा रुघाखोकी आउँदा अस्पताल नजान भनेको छ । अस्पतालमा उपचार गर्ने ठाउँ तथा जनशक्तिको अभाव तथा अस्पताल जाँदा भिडभाड भएर त्यहाँबाट कोरोना सर्न सक्ने भन्दै मन्त्रालयले श्वास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा बेहोस हुने संकेत देखिएमा र पिसाब नआएमा मात्र अस्पताल जान गौतमले आग्रह पनि गरे ।  

अहिलेसम्मकै धेरै संक्रमित थपिए, संक्रिय संक्रमित २५ हजार नाघे

प्रतिक्रिया दिनुहोस