
काठमाडौं । नेपालमा ४३६४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ४३६४ जना नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा संक्रमित थपिएको यो संख्या अहिलेसम्म कै उच्च हो ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ रहेको छ । संक्रमित मध्ये ७१ हजार ३४३ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ ।
पछिल्लो २४ घण्टामा २६७५ जना कोरोनामुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस