
काठमाडौं । काठमाडौं उपत्यकामा थप २५४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २५४० जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
आज थपिएका नयाँ संक्रमित काठमाडौंका २०८५ जना, ललितपुरका ३२० जना र भक्तपुरका १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ रहेको छ । संक्रमित मध्ये ७१ हजार ३४३ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ ।
पछिल्लो २४ घण्टामा २६७५ जना कोरोनामुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस