aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ५९० पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ असोज २०७७
कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ५९० पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । 

मृत्यु हुनेमा सुनसरीका ३९ वर्षीय पुरुष, काठमाडौंका ७९ वर्षीया महिला र ५८, ९१ वर्षीय पुरुष, ललितपुरका ७३ वर्षीया महिला, भक्तपुरका ८२ वर्षीया महिला, सुर्खेतका ८२ वर्षीया महिला, कास्कीका ८३ वर्षीया पुरुष, चितवनका ८१, ९२, ८१ वर्षीय पुरुष र धनुषाका ७० वर्षीय पुरुष रहेका छन् । 

योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ । 

प्रतिक्रिया दिनुहोस