aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

ओपोको ‘दशैं र तिहार अफर’ चार चरणसम्म पुरस्कार पर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ असोज २०७७
ओपोको ‘दशैं र तिहार अफर’ चार चरणसम्म पुरस्कार पर्ने


काठमाडौं । ओपोले चाडहरु बडा दशैं र तिहारको अवसरमा ‘दशैं र तिहारको अफर’ एसएमएस क्याम्पेन, विशेष उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर उत्पादनको आईएमईआई/सीएमईआई/डीसीकोड एसएमएस गरी योजनामा सहभागिताजनाई विभिन्न उपहार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।  

स्थानिय महान चाडहरुबडा दशैँ र तिहार,आदर्णिय उपभोक्तासंग खुशी साट्दै मनाउने सोचका साथहामीले ‘दशैँ र तिहारको अफर’ एसएमएस क्याम्पेनको घोषणा गरेका छौँ ।’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

क्याम्पेन अवधिभर कुनैपनिओपोका उत्पादनको खरिद ओपो ≤स्पेस≥ आईएमईआई र आईओटी उपकरणका लागि ः ओपो ≤स्पेस≥ सीएमईआई वा डीसी कोड उल्लेख गरी ३७००१ नम्बरमा एसएमएस पठाउनु पर्ने हुन्छ । 

एसएमएस मार्फत हरेक चरणमा ५ जना भाग्यशाली विजेताको छनोट गरिने कम्पनीले जनाएको छ । छनोटमा परेका मध्यपहिलो दूई चरण (अक्टोबर ८ देखि २२) सम्मप्रथम पुरस्कार विजेताले ओपो एफ १७ प्रो, द्वितिय पुरस्कार विजेताले ४१ एमएमओपो वाच रहेको छ । 

त्यस्तै, तृतीय पुरस्कार विजेताले ओपो एवानके स्मार्टफोन, चौथो पुरस्कार विजेताले ओपो डब्ल्यू ५१ र पाचौँ पुरस्कार विजेताले ओपो डब्ल्यू ११ एक(एक थान जित्ने छन् ।

त्यसैगरी दोस्रो चरण ( नोवेम्बर ७ देखि १४) सम्मअथवा तेस्रो लक्कि ड्र मार्फतप्रथम पुरस्कार विजेताले ओपो एफ १७ प्रो, द्वितिय पुरस्कार विजेताले ओपो एफ १७, तृतीय पुरस्कार विजेताले ओपो एवानके स्मार्टफोन रहेका छन् ।  चौथो पुरस्कार विजेताले ओपो डब्ल्यू ५१ र पाचौँ पुरस्कार विजेताले ओपो डब्ल्यू ११ एक(एक थान जित्नेछन् । 

विजेताहरुको घोषणा क्रमशः अक्टोबर १७, २३ र नोवेम्बर १५का दिनओपो नेपालकोआधिकारिक सामाजिक सञ्जाल पेजहरु मार्फत गरिने कम्पनीले जनाएको छ । क्याम्पेन अक्टोबर ८ देखि सञ्चालनमा ल्याइएको यस उपहार योजना नोवेम्बर १४, २०२० सम्म चल्ने कम्पनीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस