aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

अस्पतालका बेड भरिए, सम्पर्क गरेर मात्र आउनुः बिपी प्रतिष्ठान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ असोज २०७७
अस्पतालका बेड भरिए, सम्पर्क गरेर मात्र आउनुः बिपी प्रतिष्ठान

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोभिड अस्पतालमा संक्रमितले बेड भरिएको जनाएको छ । प्रतिष्ठानले एक सूचना जारी गर्दै अस्पतालका सबै बेड लक्षणसहितका बिरामीले भरिएको हुँदा अस्पतालमा सम्पर्क गरेर मात्र भर्ना हुन आग्रह गरेको हो । 

समन्वय नगरी आएमा आइसियू र भेन्टिलेटर तथा बेडको अभाव हुने अस्पतालले जनाएको छ। अस्पतालले सम्पर्कका लागि कोर्डिनेटर डा. इन्द्र लिम्बूको फोन नम्बर ९८५२०६१०९२ समेत सूचनामा उल्लेख गरेको छ। 

प्रतिक्रिया दिनुहोस