aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

प्रधानमन्त्रीका मुख्य सल्लाहकार सङ्क्रमणमुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ असोज २०७७
प्रधानमन्त्रीका मुख्य सल्लाहकार सङ्क्रमणमुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल कोरोना भाइरसको सङ्क्रमण मुक्त भएका छन । बिहीबार उनको पिसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन । उनलाई गत असोज १७ गते सङ्क्रमण भएको थियो ।

उनीसँगै  प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रमुख स्वकीयसचिव इन्द्र भण्डारीलाई सङ्क्रमण भएको थियो । उनीहरु अहिले आइसोलेसनमा रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस