aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

उद्योगमा कार्यरत ४० जनामा कोरोना देखिएपछि युनिलिभर नेपाल बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ असोज २०७७
उद्योगमा कार्यरत ४० जनामा कोरोना देखिएपछि युनिलिभर नेपाल बन्द

हेटौडा । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका कारण हेटौँडाको बसामाडीस्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड बन्द भएको छ ।  ती उद्योगमा कार्यरत कर्मचारी र कामदारमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो कम्पनी बन्द भएको हो ।

उद्योगमा कार्यरत १९० कामदार तथा कर्मचारीको पिसिआर जाँच गराउँदा ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो कम्पनी  एक हप्तादेखि बन्द अवस्थामा रहेको बताइएको छ ।    

उद्योगमा कार्यरत कर्मचारी तथा कामदार गरी १९० जनाको यही  असोज १४ गते कोरोना सङ्क्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । तीमध्ये २० कर्मचारी तथा २० जना ठेकेदारतर्फका कामदारको नतिजा पोजेटिभ आएपछि असोज १६ गतेदेखि नै उद्योग बन्द भएको बताइएको छ ।  विसं २०५१ मा स्थापित उद्योगबाट साबुन, डिटरजेन्ट पाउडर, स्याम्पु, मञ्जनलगायत सामान उत्पादन हुने गरेको छ ।  

प्रतिक्रिया दिनुहोस