
काठमाडौं । काठमाडौं उपत्यकामा थप १४०९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १४०९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
आज थपिएका नयाँ संक्रमित काठमाडौंका १११६ जना, ललितपुरका १६३ जना र भक्तपुरका १३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ६७६ रहेको छ । संक्रमित मध्ये ७३ हजार २३ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।
पछिल्लो २४ घण्टामा १६८० जना कोरोनामुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस