काठमाडौं । कोरोना भाइरसका कारण थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुनसरीका ४६, ५२, ६८ वर्षीय पुरुष, झापाका २९, ५२ वर्षीय पुरुष, काठमाडौंका ८७ वर्षीया महिला र ७१ वर्षीय पुरुष, ललितपुरका ८४ वर्षीय पुरुष, रुपन्देहीका ४८, ८४ वर्षीय पुरुष रहेका छन् ।
योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस