aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

लुम्बिनी प्रदेशका कानूनमन्त्रीलाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ असोज २०७७
लुम्बिनी प्रदेशका कानूनमन्त्रीलाई कोरोना संक्रमण

बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सामान्य रुघाखोकी लागेपछि आज उनको लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । 

कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री केसी होम आइसोलेशनमा बस्नुभएको र स्वास्थ्यावस्था सामान्य रहेको मन्त्रीका स्वकीय सचिव पवन कवरले जानकारी दिए । मन्त्रीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वकीय सचिव तथा सुरक्षाकर्मीको आजै पिसिआर परीक्षण गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस