aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अहिलेसम्मकै उच्च संख्यामा संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ असोज २०७७
अहिलेसम्मकै उच्च संख्यामा संक्रमित थपिए

काठमाडौं । नेपालमा ५००८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ५००८ जना नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ५ हजार ६८४ रहेको छ । संक्रमित मध्ये ७४ हजार २५२ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या ३० हजार ८१८ रहेको छ ।     

पछिल्लो २४ घण्टामा १२२९ जना कोरोनामुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस