aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

कोरोनाबाट उपत्यकाका ६ सहित १४ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ असोज २०७७
कोरोनाबाट उपत्यकाका ६ सहित १४ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । 

मृत्यु हुनेमा सुनसरीका ४५ वर्षीय पुरुष, मोरङका २० र ७२ वर्षीय पुरुष, सर्लाहीका ७१ वर्षीय  पुरुष, काठमाडौंका ६८ वर्षीया महिला र ४८ र ९० वर्षीय पुरुष, ललितपुरका ४३ र ४९ वर्षीय पुरुष, भक्तपुरका ६८ वर्षीय पुरुष, मकवानपुरका ७७ वर्षीय पुरुष, धादिङकी ३१ वर्षीया महिला, नवलपरासी पुर्वका ३६ वर्षीय पुरुष र रुपन्देहीका ५७ वर्षीय पुरुष रहेका छन् ।  

योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस