aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

फेसबुकले पनि छोड्यो हुवावेको साथ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ जेठ २०७६
फेसबुकले पनि छोड्यो हुवावेको साथ

लस एन्जल्स– अमेरिकाले कालोसूचीमा राखी कारोबार नगर्न निर्देशन जारी गरेपछि पछिल्लो समय एकपछि अर्को अमेरिकी प्राविधिक कम्पनीले हुवावेसँग कारोबार नगर्ने घोषणा गर्दै आएका छन् । सोही अनुसार पछिल्ला केही समययता गुगल लगायतका अमेरिकी कम्पनीले हुवावेसँग कारोबार नगर्ने घोषणा गरिसकेका छन् ।

हुवावेसँग कारोबार नगर्ने अमेरिकी कम्पनीहरुको सूचीमा थपिएको छ, सामाजिक सञ्जाल कम्पनी फेसबुक । फेसबुकले हुवावेका नयाँ फोनमा आफ्ना एप्लिकसन प्रिइन्स्टल नहुने घोषणा गरेको छ ।

फेसबुकसहित हुवावेका नयाँ फोनमा अब इन्स्टाग्राम र ह्वाट्सएपका एप्लिकेसन पनि प्रिइन्स्टल नहुने समाचार छ । अमेरिकी निर्णय अनुसार हुवावेसँग सहकार्य नगरिने फेसबुकले जनाएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यद्यपि पुराना हुवावे फोनमा भने फेसबुक चलिनै रहने तथा नयाँ अपडेटहरु पनि डाउनलोड गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस