
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईको कोरोना भाइरस संक्रमणको रिपोर्ट पोजेटिभ आएको छ । उनलाई शुक्रबार बेलुकी ज्वरो आएपछि शनिबार स्वाब दिएकाृ मन्त्री भट्टराईका परिवारले बताएको छ । हाल मन्त्री छटट्राईलाई हल्का ज्वरो आएको र अन्य स्वास्थ्य अबस्था सामान्य रहेको बताइएको छ ।
उनले आफ्नो फेसबुक वालमा पोष्ट गरेको स्टाटसमा भनेका छन, 'गत सोमबार कोरोना परिक्षाण गर्दा रोपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । आज शनिबार पुनः कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको भरखरै जानकारी पाएको छु । हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन् । केहि दिन यता मसँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुविधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो विकल्प छ र ? । '
प्रतिक्रिया दिनुहोस