aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

गण्डकीमा ६२  सङ्क्रमित थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ असोज २०७७
गण्डकीमा ६२  सङ्क्रमित थप

गण्डकी । गण्डकी प्रदेशमा आज ६२ जना कोरोना सङक्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ७५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । 

थपिनेमा बाग्लुङका ३६ , कास्कीका २१  र लमजुङका पाँच जना रहेका छन् । सबै सङ्क्रमितको आइसोलेशनमा व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस