aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

कोरोनाबाट चितवनमा वडाध्यक्षको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ असोज २०७७
कोरोनाबाट चितवनमा वडाध्यक्षको मृत्यु

चितवन । भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट  मृत्यु भएको छ । उहाँ गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित भएका थिए  ।

उनकोे भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले जानकारी दिए । उनका अनुसार  ६९ वर्षीय  तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि यही असोज २३ गते अस्पताल भर्ना गरिएको थियो । 

असोज १४ गते पिसीआर परीक्षण गरिएकोमा दुई दिनपछि कोरोना पुष्टि भएको थियो । उनीलाई मधुमेह, उच्च रक्तचापको समस्या रहेको संयोजक डा पौडेलले बताए  । अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उनीलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि भ्यान्टिलेटरमा राखेर उपचारका क्रममा उनीको मृत्यु भएको हो । 

प्रतिक्रिया दिनुहोस