
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल पनि कोरोना भाइरसबाट संक्रमित भएका छन । उनलाई कोरोना संक्रमण भएपछि शनिबार पाटन अस्पताल भर्ना भएका थिए । हल्का ज्वरो आएको र परीक्षणका क्रममा मन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रीका स्वकीय सचिव पुरन केसीले बताए ।
प्रतिक्रिया दिनुहोस