aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

गुगलले २५० भन्दा बढी एपमाथि प्रतिवन्ध लगायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ असोज २०७७
गुगलले २५० भन्दा बढी एपमाथि प्रतिवन्ध लगायो

एजेन्सी । गुगलले करीब अढाइ सय वटा मोबाइल एपहरुलाई प्रतिबन्ध लगाएको छ । गुगलले आफ्नो प्ले स्टोरबाट एन्ड्रोइड एपमा रहेका ती एपले प्रयोगकर्तामाथि अनधिकृत गतिविधि गरेको आरोप लगाउँदै ब्लक गरिदिएको हो ।

ती २ सय ४० वटा एपले एन्ड्रोइड प्रयोगकर्ताहरुलाई अनावश्यक विज्ञापनहरु देखाउने लगायतका कार्य गरी गुगलको नियम उल्लंघन गर्ने गरेको हुँदा प्रतिबन्धित गरिएको जनाएको  छ । 

गुगलको सेक्योरिटी समूहले ती एप्लिकेसनविरुद्ध कारवाही गर्ने निर्णय गर्दै एपहरुलाई ब्लक गरिएको गुगलले जनाएको  छ।   त्यसरी ब्लक भएका एपहरुमा अधिकांश च्ब्क्ष्ल्द्यइध्ःक्ष्ह् ग्रुपका रहेका छन् । जसमा पुराना गेमहरु समेत छन् ।
 

प्रतिक्रिया दिनुहोस