aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

५२ जिल्ला कोरोनाको उच्च जोखिम भएका जिल्ला

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • सोमबार, २६ असोज २०७७
५२ जिल्ला कोरोनाको उच्च जोखिम भएका जिल्ला

काठमाडौं । नेपालमा कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ । इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार ५२ जिल्ला रेड जोनमा छन् । काठमाडौँमा सबैभन्दा बढी संक्रमित छन् ।

२ सयभन्दा बढी संक्रमित भएका जिल्लालाई रेड जोनमा राखिएको छ । महाशाखा प्रमुख डा. वासुदेव पाण्डेका अनुसार पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लालाई प्राथमिकता दिएर योजना बनाइएको छ । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योजना बनाएको छ,’ डा. पान्डे भन्छन्, ‘विस्तृत जानकारी मन्त्रालयसँगै छ ।’ देशभर सक्रिय संक्रमितको संख्या नै ३१ हजार ३ सय १५ पुगेको छ । आइतबार मात्र २ हजार ७१ जना संक्रमित थपिएका छन् । 

प्रतिक्रिया दिनुहोस