aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

कोरोनाका विरामी आइसियू र भेन्टिलेटरमा ३४६ जना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ असोज २०७७
कोरोनाका विरामी आइसियू र भेन्टिलेटरमा ३४६ जना

काठमाडौं । कोरोना भाइरसका कारण गम्भिर विरामी रहेका विरामीहरुको संख्या दैनिक वृद्धि भएरहेका छन् । सोमबारसम्म देशैभरी विभिन्न अस्पतालहरुमा संक्रमित भएर गम्भिर रुपमा उपचार गराइरहेका विरामीको संख्या ३४६ जना पुगेको छ । 

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता गौतमले दिएका जानकारी अनुसार सबैभन्दा बढी वागमती प्रदेशमा एक सय ५५ जना आइसियूमा र ६ जना भेन्टिलेटरमा उपचारत रहेका छन् । 

त्यस्तै प्रदेश एकमा ३० जना आइसियू र १५ जना भेन्टिलेटरमा रहेका छन् । प्रदेश २ मा २० जना आइसियू र ४६ जना रहेका छन् । त्यस्तै गण्डकी प्रदेशको आइसियूमा ६ जना लुम्बिनी प्रदेशको आइसियूमा ४६ जना कणार्ली प्रदेशमा १९ जना र सुदुपश्चिम प्रदेशमा २ जना आइसियूमा उपचारत रहेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस