aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

उपत्यकाका सबै अस्पताल अब कोभिड अस्पतालमा रुपान्तरित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ असोज २०७७
उपत्यकाका सबै अस्पताल अब कोभिड अस्पतालमा रुपान्तरित

काठमाडौं । उपत्यकामा कोरोना संक्रमण उच्च भएपछि सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने भएको छ । तत्कालिन अवस्थामा आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिँदै सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । अहिले आकस्मिक बाहेकका अपरेशन नगर्दा संक्रमित विरामीलाई आइसियु बेड र भेन्टिलेटर बेड उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सकिने बताए ।

यस्तै कार्यालय समय र दिन घटाएर काममा लगाउन र व्यापार व्यवसायको मोडालिटी परिवर्तन गर्न पनि उनले आग्रह गरे । यसैगरी अस्पतालहरुले विभिन्न होटलहरुसँग मिलेर आइसोलेसन केन्द्र सञ्चालन गर्न पाउने व्यवस्था पनि सरकारले गरेको छ । मन्त्रालयको स्वीकृति लिएर अस्पतालहरुले होटलहरुलाई आइसोलेसन सेन्टरका रुपमा सञ्चालन गर्न पाउनेछन् ।  संक्रमित बाहेकका अन्य सर्वसाधारण राख्न भने नपाइने उनले बताए । 

यता, जिल्ला प्रशासन कार्यालय पनि उपत्यकाको जनजीवनलाई व्यवस्थीत गर्न आइसोलेसन र कोभिड टेष्टको संख्या वृद्धि गर्न सरकारसँग माग गरिहेको काठमाडौं जिल्ला अधिकारी जनकराज दाहालले बताए । उपत्यकामा संक्रमित धेरै भएपछि अब लकडाउन गर्ने अबस्था नभकाले सरकारसँग हामीले संक्रमितलाई सहज र उचित समयमा उपचार गराउन पर्ने माग राखेका थियौं उनले भने । 
 

प्रतिक्रिया दिनुहोस