aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

घटेन् कोरोना संक्रमण, आज पनि थपिए ३५५६ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ असोज २०७७
घटेन् कोरोना संक्रमण, आज पनि थपिए ३५५६ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा ३५५६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३५५६ जना नयाँ संक्रमित थपिएका हुन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख १५ हजार ३५८ रहेको छ । संक्रमित मध्ये ७८ हजार ७८०जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ रहेको छ ।

पछिल्लो २४ घण्टामा १५०३ जना कोरोनामुक्त भएका छन् भने १८ जनाको मृत्यु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस