
एजेन्सी । कोरोना भाइरस खोपका लागि करीब ५ लाख सार्क मारिन सक्ने भएका छन । खोपका लागि यसरी सार्क मार्न थालेपबिछ वन्यजन्तु विज्ञहरूले यसलाई चेतावनी दिएका छन् । सार्कको कलेजोमा पाइने तेल जुन खोप बनाउने एक सामाग्रीका रूपमा प्रयोग गर्नका लागि मारिरहेका छन ।
कोरोना भाइरसको धेरै खोप बनाउन साकैको कलेजोमा पाइने तेलको प्रयोग गरिने उल्लेख छ । यो खोपको प्रभाव बढाउन प्रयोग पनि तेलको प्रयोग गरिन्छ । अमेरिकाको क्यालिफोर्नियाको सार्क अलाइज संस्थाका अनुसार खोप निर्माता कम्पनीले हालसम्म ५ लाख शार्क मार्न सक्ने भन्दै चेतावनी दिएको छ ।
र्साकको कलेजोमा पाइने स्क्वालेन नामको पदार्थ पाइन्छ । यो एक प्रकारको प्राकृतिक तेल हो । अहिले कोरोना भ्याक्सिन निर्माता कम्पनीहरुले प्रयोग गरिरहेका छन । विश्वमा अहिले करिब ३० वटा कोरोना खोपहरू परिक्षणको चरणमा रहेका छन् ।
सार्क एलाइन्सका अनुसार यदि विश्वभरका व्यक्तिहरुलाई कोरोना खोपको एक डोज चाहियो भने २ लाख ५ हजार सार्कलाई मार्नुपर्ने हुन्छ । तर, यदि दुई डोज आवश्यक हुन्छ त्यस बेला ५ लाख सार्क मार्न पर्ने हुन्छ । सार्क एलाइन्सका संस्थापक स्टेफनी ब्रान्डिलका अनुसार कुनै चीजको लागि जंगली जनावरको हत्या टिकाउ हुने छैन ।
प्रतिक्रिया दिनुहोस