
काठमाडौं । काठमाडौं उपत्यकामा थप २१२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २१२९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
आज थपिएका नयाँ संक्रमित काठमाडौंका १७४६ जना, ललितपुरका २१६ जना र भक्तपुरका १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख १५ हजार ३५८ रहेको छ । संक्रमित मध्ये ७८ हजार ७८०जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ रहेको छ ।
पछिल्लो २४ घण्टामा १५०३ जना कोरोनामुक्त भएका छन् भने १८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस