aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

कति छन् आईसीयू र भेन्टिलेटरमा उपचाररत बिरामी ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ असोज २०७७
कति छन् आईसीयू र भेन्टिलेटरमा उपचाररत बिरामी ?

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ७३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। 

मन्त्रालयको तथ्यांक अनुसार ६६ जना भेन्टिलेटरमा र ३०७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । 

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६९ जना आइसियु र ५७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५० जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३९ जना आइसियु र ५ जना भेन्टिलेटरमा र प्रदेश २ मा २० आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ४, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १९ आइसियुमा उपचाररत रहेका छन्। 

प्रतिक्रिया दिनुहोस