aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

पाटाका सचिव/कोषाध्यक्षमा पाण्डे निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ असोज २०७७
पाटाका सचिव/कोषाध्यक्षमा पाण्डे निर्वाचित

काठमाडौं । एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चर प्रालिका अध्यक्ष तथा  पाटा नेपाल च्याप्टरका पूर्वअध्यक्ष सुमन पाण्डे पाटाका सचिव÷कोषाध्यक्षमा निर्वाचित भएका छन । विश्वका  ७७ मुलुकका छ हजारभन्दा बढी सदस्य रहेको विश्वकै ठूलो पर्यटकीय संघ, प्यासिफिक एसिया ट्राभल एशोसियशन (पाटा) को यही १२ सेप्टेम्बरमा भएको अनलाइन चुनावमा पाण्डेले मलेसियाका प्रतिद्वन्द्वी फइज फधिलिल्लाहलाई पराजित गका थिए । 

त्यस्तै भियतनामका उम्मेद्धार हाई हो र कम्बोडियाका प्रतिस्पर्धी डा सोखोम थोकविरुद्ध उपाध्यक्ष पदमा विजयी भएका छन । वर्तमान उपाध्यक्ष सिङ्गापुरका सुन हुवा वोङले पाटाको विधानअनुसार आगामी कार्यकालको अध्यक्षता गर्नुहुने बताइएको छ ।

 एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चरका अध्यक्षका साथै फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत, डाइरेक्टर– सर्मिट एयर, डाइरेक्टर–अलफ्ट काठमाडौं होटल, छाया सेन्टर प्रालिका निर्देशक समेत हुन । 

 पाण्डे यसअधि पाटा नेपाल च्याप्टरका अध्यक्ष, ट्रेकिङ्ग एजेन्टस् एशोसियसन अफ नेपालका अध्यक्ष, उपाध्यक्ष र महासचिव तथा एयरलाइन्स अपरेटर्स एशोसियसन अफ नेपालका महासचिव, नेपाल पर्यटन वोर्ड कार्यकारी सदस्यमा कार्यरत रहनाका साथै विभिन्न पुरस्कारबाट  सम्मानित भइसेका छन । 

प्रतिक्रिया दिनुहोस