aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

काठमाडौंका कुन वडामा कति छन् कोरोना संक्रमित ? (विवरणसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ असोज २०७७
काठमाडौंका कुन वडामा कति छन् कोरोना संक्रमित ? (विवरणसहित)

काठमाडौं । हाल नेपालका कोरोना भाइरसको संक्रमितको संख्या एक लाख १५ हजार नाघिसकेको छ । जसमा ७८ हजार संक्रमित निको भएर घर फर्किसकेका छन् । अहिले संक्रिय संक्रमितको संख्या ३५ हजार बढी छ भने हालसम्म ६६३ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । 

देशका अरु ठाउँको तुलनामा काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमण तीव्र रुपमा बढेको छ । उपत्यकामा सङ्क्रमितको संख्या ३२ हजार ६ सय तीन पुगेको छ । 

काठमाडौं महानगरपालिकामा मात्रै १५ हजार पाँच सय ५३ जना छन् । उनीहरूमध्ये सक्रिय सङ्क्रमित सात हजार ५ सय १७ छन् । काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये ११ वटा वडामा सक्रिय सङ्क्रमितको संख्या ३ सयभन्दा बढी छ ।  

सबैभन्दा धेरै वडा नं. १६ मा सक्रिय संक्रमित ६१६ जना छन् । यस्तै वडा नं. १५ मा ५८१, वडा नं. ९ मा ५२०, वडा नं. ३२ मा ४१३, वडा नं. १४ मा ३९४, वडा नं. १० मा ३८५, वडा नं. ७ मा ३६२, वडा नं. ३ मा ३५३, वडा नं. ४ मा ३४६, वडा नं. ६ मा ३२१ र वडा नं. २६ मा ३१० जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस