aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

कोरोना भइसकेपछि दोस्रो पटक हुन्छ कि हुदैन ? एक अध्ययनको रिपोर्ट यस्तो आयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ असोज २०७७
कोरोना भइसकेपछि दोस्रो पटक हुन्छ कि हुदैन ?  एक अध्ययनको रिपोर्ट यस्तो आयो

एजेन्सी । कोरोना भाइरसका पहिलो चरणका केसहरूको बृद्धिसँगै अब कोरोना फेरि दोहोरिन(रिइन्फेक्सन) केसहरु बढ्न थालेको छन । यद्यपि, रिइन्फेक्सनका बारेमा थप अध्ययनहरु बाहिर आइसकेका छैन । तर, यसभन्दा पहिला कोरोना पुन दोरिएमा सामान्य लक्षण देखिने अध्ययनले देखाएका थिए । 

रिइन्फेक्सन सम्बन्धी नयाँ अनुसन्धानले वैज्ञानिकहरूको थप चिन्ता बढाएको छ । एक अनुसन्धानले दोस्रो पटक संक्रमित हुँदा कोरोना बिरामीहरूमा बढी गम्भीर लक्षणहरू अनुभव गरेको तथ्या फेला परेको छ ।   यो अध्ययन द लान्सेट पत्रिकामा प्रकाशित भएको छ । 

द लान्सेटमा प्रकाशित एउटा अध्ययनले अमेरिकामा फेला परेको पहिलो केसका बारेमा उल्लेख गरिएको छ ।  यसले के संकेत गर्दछ भने एक पटक भाइरस सम्पर्कमा आएपछि रोग प्रतिरोधात्मक क्षमताको बारेमा कुनै ग्यारेन्टी  गर्न सकिदैन । अध्ययनले २५ वर्षे एक युवकमा ४८ घण्टाको फरकमा दुई फरक फरक कोरोनाका रुप देखिएका थिए । 

दोस्रो पटकको संक्रमण ती युवामा पहिलेभन्दा बढी गम्भीर पाइएको थियो ।  उक्त युवकको अवस्था यत्तिको गम्भीर भयो उनलाई सुधारको लागि अक्सिजनको आवश्यक पर्यो ।  सुधारका यी केसहरू अहिलेसम्म बेल्जियम, नेदरल्याण्ड, हङकङ, इक्वेडर र अहिले भारतमा पनि देखिएका छन् ।  

विज्ञहरूका अनुसार  रिइन्फेक्सनको घटनाले महामारीलाई कम पार्ने सम्भावनामा गहन प्रभाव पार्न सक्छ ।  विशेष गरी, खोपका लागि सम्पूर्ण विश्वको खोजी एक झड्का लाग्न सक्छ  । नेवादा स्टेट पब्लिक ल्यावरोटरीका प्रमुख प्रमुख लेखक मार्क पाण्डोरीले भने, “प्रभावकारी खोपको अभावमा पुनःसंक्रमणका घटनाहरूले हामीलाई कोरोना भाइरसका बारेमा थप अध्ययन आवश्यक रहेको देखायो ।’’

मार्क पाण्डोरीले भने, ‘कोरोना भाइरसको जोखिमपछि प्रतिरोधक क्षमता कति बेरसम्म रहन सक्छ र किन मानिसहरु एक पटक संक्रमित भएपछि पुनःसंक्रमित हुदैछन यसको अनुसन्धान गर्न आवश्यक छ ।’’

खोपले शरीरको रोगप्रतिरक्षा प्रतिक्रियाको माध्यमबाट शरीरमा केही जीवाणुहरूसँग लड्ने क्षमता विकाग गर्छ र भविष्यमा संक्रमणको विरूद्ध लड्न शरीरमा एन्टिबडीहरू विकास गर्छ ।  कोरोना ठिक भएपछि विकास हुने यी एन्टिबडीहरू शरीरमा कतिन्जेल रहन्छन्, यस बारे केही भन्न सकिदैन । दादुरा जस्ता केही रोगहरूको लागि शरीरमा प्रतिरोधक क्षमता स्थायी विकास भएका छ । 

उक्त अध्ययनका लेखकहरूका अनुसार यो हुन सक्छ कि अमेरिकीका मानिसलाई दोस्रो पटक गम्भिर रुपको भाइरस संक्रमित बनाएको थियो ।  यो भाइरसको अधिक वायरल स्ट्रेन पनि हुन सक्छ ।  यद्यपि, कोरोनाका धेरै जसो केस एसिम्प्टोमेटिक हुन्छन । त्यसैले कुनै व्यक्ति पहिलो पटक वा दोस्रो पटक कोरोनाबाट संक्रमित भएको छ भनेर भन्न गाह्रो छ । 

येल विश्वविद्यालयका इम्युनोबालोजी तथा मोलिक्युलर प्राध्यापक, अकी इवासाकाले भने, अध्ययनको नतिजाले सार्वजनिक स्वास्थ्य उपचारमा असर पार्न सक्छ । रिइन्फेक्सनका  बढ्दो घटनाले वैज्ञानिकहरुलाई रोग प्रतिरोधात्मक क्षमताको बारेमा बुझ्न र खोपको सम्भावना पनि पत्ता लगाउन सहयोग पु¥याउँछ ।’’
 

प्रतिक्रिया दिनुहोस