aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

हवाई प्रतिबन्ध हटाउन इयुलाई गृहमन्त्रीको आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ असोज २०७७
हवाई प्रतिबन्ध हटाउन इयुलाई गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि युरोपेली सङ्घ(इयु)का राजदूत नोना देप्रेजसँग पछिल्लो समय नेपालले हवाई सेवामा पर्याप्त सुरक्षा बढाएकाले यस क्षेत्रमा  लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेका छन  । 

 मन्त्रालयमा आज भएको भेटमा मन्त्री थापाले नेपालको विकास, लोकतन्त्र, मानवाधिकार, विपद् व्यवस्थापनलगायत क्षेत्रमा इयुले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने  विश्वास व्यक्त गरे । 

सो अवसरमा राजदूत देप्रेजले नेपालको हवाई क्षेत्रमा लगाइएको प्रतिबन्ध प्राविधिक विषय भएको बताउँदै सो सम्बन्धमा इयुको प्राविधिक समितिले अध्ययन गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने आश्वासन दिए ।    

उनले नेपालको सङ्घीयताको अभ्यास, विपद् व्यवस्थापन र कोरोना नियन्त्रणमा चालिएका कदमका सम्बन्धमा गृहमन्त्रीसँग जिज्ञासा राख्दै नेपाललाई इयुले दिँदै आएको सहयोगले निरन्तरता पाउने तथा आगामी दिनमा थप सहयोग विस्तार गरिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस