aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

मेचीनगर प्रमुखलाई कोरोना सङ्क्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ असोज २०७७
मेचीनगर प्रमुखलाई कोरोना सङ्क्रमण

झापा । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कनकाईमा रहेको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट बुधबार उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको नगरपालिकाका सामाजिक शिक्षा विकास समितिका संयोजक नवीन बरालले बताए । 
 
उनी घरकै आइसोलेसनमा बस्नु भएको छ । यस अघि झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई समेत कोरोना सङ्क्रमण भएको थियो । यसैबीच, राष्ट्रिय समाचार समितिका सञ्चालक समिति सदस्य दयाराम दाहाल कोभिड–१९ को सङ्क्रमणबाट मुक्त भएका थिए । असोज १६ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा उपचारका लागि भर्ना भएका थिए । 

प्रतिक्रिया दिनुहोस