
एजेन्सी । मंगलबार आयोजना गरिएको भर्चुअल कार्यक्रममा एप्पलले आईफोन १२ श्रृंखला सार्वजनिक गरिएको छ । यस सिरिज अन्तर्गत चार मोडेलहरू ( आईफोन १२ मिनी, आईफोन १२, आईफोन १२ प्रो र आईफोन १२ प्रो म्याक्स सुरूवात गरिएको छ । एप्पलका अनुसार आईफोन १२ मिनी विश्वको सब भन्दा सानो, पातलो र हल्का ५जी फोनको नाम दिइएको छ ।
एप्पलको बहुप्रतिक्षित आईफोन १२ मिनी अमेरिकामा जहाँ यसको मूल्य ६९९ डलरमात्र तोकिएको छ । यसको नेपाली मूल्य करि ८२ हजार रुपैयाँ पर्न आउँछ । तर, नेपालीहरुले यसको थप कर तिर्न पर्ने भएकाले यसको मूल्य अझ बढी हुन आउँछ । नेपालमा यसको मूल्य एक लाखभन्दा माथि पर्ने निश्चित छ ।
वास्तवमा, अमेरिकी बजारको सुरुवात मूल्यलाई राज्य करमा समावेश गरिएको थिएन । अमेरिकाका बिभिन्न राज्यहरुमा फरक फरक कर लाग्ने गरेको छ । उदाहरणका लागि फ्लोरिडामा ७ प्रतिशत कर छ भने जबकि न्यु योर्कमा ८ प्रतिशत कर छ ।
त्यसोभए जब एप्पलको फोन भारतसम्म आउँदा २२ प्रतिशत कर लाग्नेछ किनकि यो अमेरिकाबाट आयात गरिने छ र भारतीय बजारमा बेचिन्छ । एप्पलको भारतमा एसेम्ब्ली प्लान्ट पनि छ । तर कम्पनीले आईफोन १२ मिनी आयात हुने पुष्टि गरेको छ ।
भारतमा आयात भएको कारण करिब २२ प्रतिशतको दरमा यसबाट भन्सार महसुल र उपकर लाग्ने छ । जुन करिब १०,६८२ रुपैयाँ भारु हुनेछ । यस पछि, भारतमा बिक्रीको लागि यस फोनको लागतमा (भन्सार शुल्क थपिएपछि स्थिर लागत), १८ प्रतिशत जीएसटी थपिने छ । जुन १०,६६२ रुपैयाँ भारु हुनेछ । यस फोनका लागि भारतीयहरुले जम्मा २१,३४४ रुपैयाँ भारु थप कर बापत तिर्नु हुन्छ ।
प्रतिक्रिया दिनुहोस